काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गर्ने तयारी थालेकी छन्।
बालुवाटारका निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले छिट्टै नै राष्ट्रपति कार्यालयमा भण्डारी बरालको नाम सिफारिस गर्ने तयारीमा छिन्।
यसअघि महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए। राजीनामा स्वीकृत भए लगत्तै महान्यायाधिवक्ता पदका लागि भण्डारी बरालको नाम अगाडि बढाइएको हो।
यदि उनको नियुक्ति पक्का भयो भने सविता भण्डारी बराल नेपालकी पहिलो महिला महान्यायाधिवक्ता बन्नेछिन्।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया