काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपा (माओवादी केन्द्र) सहित विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता समिति गठन गरेको छ । गत भदौ २३ देखि २५ गतेसम्म् बसेको केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता टोलीको सदस्यमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपालगायतका कम्युनिष्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो । माओवादी र नेकपाबीच लामो समयदेखि एकताको चर्चा चलिरहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

advertisement

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com