काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले हालको असहज परिस्थितिमा नागरिक सेवामा व्यवधान नहोस् भनेर वैकल्पिक व्यवस्था लागू गरेको जनाएको छ।

आइतबार जारी सूचनामा कार्यालयले केही सेवाहरू अस्थायी रूपमा अन्य स्थानबाट उपलब्ध हुने जानकारी दिएको छ।

advertisement

भदौ ६ गतेअघि राहदानीका लागि फोटो खिचिसकेका सेवाग्राहीले आगामी मंगलबार कार्यालयमा सम्पर्क गरी राहदानी प्राप्त गर्न सक्ने सूचनामा उल्लेख छ। शान्ति–सुरक्षा सम्बन्धी सेवा भने नियमित रूपमा कार्यालयबाटै संचालन हुने जनाइएको छ।

राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक काम नारायणहिटी दरबारस्थित सेवा इकाईमार्फत उपलब्ध हुने र राहदानीसम्बन्धी अत्यावश्यक सेवा त्रिपुरेश्वरस्थित राहदानी विभागबाट लिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

त्यसबाहेकका सेवाका लागि आवश्यक भौतिक संरचना, प्रणाली र उपकरणको तयारी भइरहेको र छिट्टै सहज वातावरणमा सेवा पूर्ववत रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको सूचनामा प्रष्ट पारिएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com