काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुंगेलले पदबाट राजीनामा दिएका छन् ।

राज्यले भोग्न परेको संकटबाट मुक्त गरी लोकतन्त्र, मानव अधिकार तथा शान्ति पुनर्स्थापन गर्न राष्ट्रले चयन गरेको नयाँ निकासको बाटोको स्वागत गर्दै आयोग बाहिरबाटै प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उनले बताएका छन् ।

advertisement

उनले आजकै मितिबाट लागू हुनेगरी मानव अधिकार आयोगका अध्यक्षमार्फत राजीनामा गरेको बताएका छन् ।

 

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com