काठमाडौंँ ।अघिल्लो साता देशव्यापी रुपमा भएको प्रदर्शन र तोडफोडपछि उत्पन्न परिस्थितीका कारण सुरक्षाकर्मी काममा फर्किन समस्या भएको नेपाल प्रहरीले बताएको छ । प्रहरी महानिरिक्षक चन्द्र कुबेर खापुङले आइतबार भिडियो सन्देश जारी गर्दै आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि नियमित काम कारबाहीमा फर्कन समस्या भएको बताएका हुन् ।

आन्दोलनका क्रममा ध्वस्त भएका कतिपय प्रहरी कार्यालय मर्मतका लागि सर्वसाधारणले गरेको सहयोगप्रति प्रहरीले आभार प्रकट गरेको छ । शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाउँदै प्रहरी महानिरिक्षक खापुङले सुव्यवस्था कायम राख्न सबै पक्षको एकता आवश्यक भएको बताए ।

advertisement

आन्दोलनका क्रममा प्रहरीका थुप्रै कार्यालयमा आगजनी र तोडफोड गर्दै प्रदर्शनकारीले हतियार र सञ्चार सामाग्री लुटपाट गरेका थिए ।

 

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com