काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेर लगेको छ। त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।
भदौ २४ गतेको झडपमा ज्यान गुमाएका तीन जना प्रहरीको शव समेत परिवारले बुझेका छन्। तर शिक्षण अस्पतालमा अझै १९ वटा शवको पोस्टमार्टम बाँकी छ भने पाँच शवको पोष्टमार्टम सम्पन्न भए पनि आफन्तले बुझ्न बाँकी रहेको छ। नयाँ बानेश्वर क्षेत्रमा भएको आगजनी र प्रहरीसँगको भिडन्तमा ज्यान गुमाएका आठ जनाको पहिचान अझै खुल्न सकेको छैन।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मृतकको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरिएको छ। कस्तो प्रकारको सम्मान दिने भन्नेबारे मन्त्रिपरिषद्ले टुंगो लगाउने उनले जानकारी दिए। मन्त्री अर्यालले प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलिसकेको समेत बताए।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया