काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छिन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगतै पदभार ग्रहण गरेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

advertisement

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com