काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक सुरु गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकलाई सरकार गठनपछिको औपचारिक प्रारम्भिक कार्यवाहीका रूपमा हेरिएको छ।

जेन–जी आन्दोलनको चापमा केपी शर्मा ओली नेतृत्वको सरकार पदच्युत भएपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो।

advertisement

कार्की सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनालले सम्हालेका छन्। गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन्।

अर्याललाई गृहसँगै कानुन मन्त्रालय र घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com