काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। मंगलबार उनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै यस्तो आह्वान गरेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्रीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की र ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीसहितका अधिकारीहरूले पछिल्लो अवस्था र आवश्यकताबारे जानकारी गराएका थिए।

advertisement

सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

भदौ २३ र २४ गते जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित ट्राफिक पोसाक र उपकरण जलेर नष्ट भएका थिए।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com