काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंगलबार बिहान नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी बधाई दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले सफल कार्यकालको शुभकामना दिँदै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेका थिए।

advertisement

दाहालको सचिवालयका अनुसार, भेटमा राष्ट्रियसभाको कामकारबाही, बानेश्वरस्थित सङ्घीय संसद् भवन र सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिको विषयमा समेत जानकारी गराइएको थियो।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति र स्थिरता कायम गर्न राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई समाधान गर्न सबै दल र निकायबीच सहकार्य आवश्यक हुनेमा जोड दिएकी छन्।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com