काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने तयारी भएको घोषणा गरेकी छन्। आन्दोलनको म्यान्डेटअनुसार यस्तो आयोग आवश्यक रहेको भन्दै उनले यसको काम अर्को सरकारले सहज रूपमा अगाडि बढाउन सक्ने आधार तयार गर्नु हुने स्पष्ट पारिन्।

बीबीसी नेपालीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन्, “कति भ्रष्टाचार भएको छ, कस्तो अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भए पनि कारबाहीसम्म पुर्‍याउने काम हामी गर्छौं। सरकारले बाटो बनाउन सक्छ।”

advertisement

उनका अनुसार, जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न तीन सदस्यीय आयोग पनि बनाइनेछ। आयोगलाई प्रारम्भमा एक महिनाको समय दिइने र आवश्यक परे थप १५ दिन थपिने बताइएको छ। मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको कार्यकाल ६ महिनामात्र भएकाले यस अवधिमा अधिकतम परिणाममुखी काम गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com