काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले निकट भविष्यमा काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन्। मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी भई जलेको पार्टी केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले दुई दिनभित्रै विशेष कार्यक्रम गर्ने र त्यसमा करिब १० औं हजार युवालाई उतार्ने उद्घोष गरे।
बस्नेतले भने, भोलि र पर्सिभित्रै उपत्यकामा विशेष कार्यक्रम गर्छौं। त्यस कार्यक्रममा १० औं हजार युवा परिचालन गर्नेछौं। एमाले र यसको युवा संगठनको शक्ति के हो भन्ने कुरा देखाउनेछौं। उनले एमाले, युवा संघ, अखिल र अनेमसंघ कुनै पनि संस्था कमजोर नभएको दाबी पनि गरे।
उनका अनुसार पार्टी अब नियमित गतिविधि र टोल–टोलको सुरक्षात्मक भूमिकामा लाग्नेछ। हामी निरन्तर काममा लाग्यौं, अब टोल टोलको सुरक्षा लिने काममा लाग्यौं, उनले भने।
यस्तै बस्नेतले असोज ३ गते संविधान दिवसका अवसरमा एमालेले विशेष कार्यक्रम आयोजना गर्ने जानकारी पनि दिए। उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी हुने उनको भनाइ छ।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया