काठमाडौँ । आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको साथ यो दिवस मनाउने तयारी छ ।

हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।

advertisement

दिवसको उद्देश्य बिरामी, उनीहरुको परिवार, हेरचाह गर्नेहरू, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरूलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरूको प्रतिबद्धता देखाउनु हो ।

 

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com