काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । उनी मंगलबार राति बेलायत पुगेका हुन् ।
भ्रमणका दौरान शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषय प्राथमिकतामा छन्। बेलायतको उडान भर्नुअघि ट्रम्पले आफ्नो सम्बन्ध बेलायतसँग धेरै राम्रो रहेको बताएका थिए। भ्रमणका क्रममा ट्रम्पको राजा चाल्र्ससँग भेट गर्नेछन् ।
राजकीय स्वागतमा राजा चाल्र्स, महारानी क्यामिला, राजकुमार विलियम र क्याथरिन लगायत वरिष्ठ शाही सदस्यहरू सहभागी हुनेछन्।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया