काठमाडौं ।  अधिवक्ता स्वागत नेपालले जेन-जी पुस्तालाई आउँदो प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने र यो निर्वाचन नै हुन नदिन आग्रह गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्का’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा उनले जेन-जी आन्दोलनमा युवाहरु धोका खाएको बताए।

अधिवक्ता नेपालका अनुसार, जेन-जी पुस्ताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग उठाए पनि वर्तमान नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको छ। उनले भने, ‘यो निर्वाचन हुन दिन हुँदैन। किन डराउनु भयो? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन चाहनुभएन।’

advertisement

उनले सुशीला कार्की र अन्य वकिलहरु युवाहरुको बलिदानलाई नजरअन्दाज गर्दै प्रधानमन्त्री र मन्त्री नियुक्त गर्ने प्रक्रियामा संलग्न रहेको आरोप लगाए। साथै, पूर्व प्रधानन्यायाधीश र वकिलहरुले सांसद खरिद–बिक्रीको व्यवस्थालाई निरन्तरता दिन खोजेको उनको टिप्पणी थियो।

अधिवक्ता नेपालले जेन-जी पुस्तालाई स्पष्ट रूपमा आग्रह गरे, ‘यो निर्वाचन तपाईँहरुले माग गरेबमोजिम भइरहेको छैन। त्यसैले सहभागी नहुनुस् र यो निर्वाचन हुन पनि नदिनुस्।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com