काठमाडौं । हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, रानीबारीदेखि बानेश्वरसम्म उनीसंगै रहेको पल्सर बाइकमा रहेको समूहले पछ्याएको थियो। पछि बीचमा दुईवटा गाडी थपिएर उनीलाई लगातार पच्छ्याएको जानकारी उनले दिए।

सुदन गुरुङले भने, सिनामंगलको गल्लीगल्लीपछि पनि उनीहरूले खोजिरहे। बानेश्वरसम्म लगातार लखेटियो। ती को थिए भन्ने मलाई चिनिनँ, तर उनीहरू मार्ने उद्देश्य लिएर आएको स्पष्ट देखिन्थ्यो।

आक्रमणपछि आफ्नो ठेगाना सार्वजनिक नगर्ने उनले स्पष्ट पारेका छन्। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com