काठमाडाैं ।  सप्तकोशी नदीमा जलसतह बढेसँगै कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जलमापनमा नदीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन्।

यसअघि मंगलबार राति १० बजे प्रवाह एक लाख ८२ हजार २८७ क्युसेक नापिएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते भने नदीमा बहाव अत्यधिक बढ्दा ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसयता घट्दै गएको पानी आज बिहानदेखि फेरि बढ्न थालेको खतिवडाले बताए।

advertisement

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिन्छ। अहिले पनि ब्यारेजमा रातो बत्ती जलिरहेको कन्ट्रोल रुमले जनाएको छ। पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण जलसतह बढ्दै गएको बताइएको छ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com