काठमाडौं । आज साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रुकुमपूर्व र बागलुङको सीमा क्षेत्रको पातिहाल्ने भञ्जयाङलाई केन्द्र बनाएर ४ दशमलव ६ म्याग्नेच्यूटको भूकम्प गएको हो ।

advertisement

८ बजेर २५ मिनेटको समयमा कम्पन महसुस गरिएको केन्द्रले जनाएको छ ।

साामजिक सञ्जाल प्रयोगकर्ताले भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेपनि कति ठूलो धक्का भन्ने लेखेका छैनन् ।

अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com