काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, दुवै नेताबीच आज टेलिफोन वार्ता तय भएको हो।
यसअघि बुधबार नै प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन कुराकानी हुने भनिएको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिँदै भने, “प्रधानमन्त्रीज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गर्ने उल्लेख गर्नुभएको थियो। तर, किन बुधबारको संवाद स्थगित भयो भन्ने कुरा स्पष्ट छैन।”
यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटेर भारतीय प्रधानमन्त्री मोदीको सन्देश हस्तान्तरण गरेका थिए।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया