काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी’ आन्दोलनपछिको संवेदनशील अवस्थालाई केही समूह र व्यक्तिहरूले दुरुपयोग गर्दै पार्टीमाथि गलत आरोप लगाउने र बदनाम गर्ने प्रयास भइरहेको जनाएको छ।

पार्टीका अनुसार हाल केही उद्योगी, व्यवसायी, न्यायालयका सदस्य र उच्च पदस्थ कर्मचारीलाई रास्वपा तथा त्यससँग सम्बद्ध नेताहरूको नाम प्रयोग गरी धम्कीपूर्ण फोन र सन्देश पठाइएको जानकारी प्राप्त भएको छ।

advertisement

रास्वपाका प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधि ‘गम्भीर र आपराधिक’ प्रकृतिका रहेको उल्लेख गर्दै पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा भनिएको छ, पार्टीको नाम दुरुपयोग गरी गरिएका यस्ता कार्यमा हाम्रो कुनै भूमिका छैन। संलग्न जो कोहीमाथि छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com