काठमाडौं । काठमाडौँको बनस्थलीमा बसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।

बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले प्रशासनलाई बताए ।

advertisement

मृत्यु हुनेमा सङ्खुवासभा घर भई बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर छन्। एसपी गिरीका अनुसार अहिले कानुनी प्रक्रिया चलिरहेको र त्यो पूरा भएपछि शव पोस्टमर्टमका लागि लगिनेछ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com