काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा देखिएको हालको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले कांग्रेस र कम्युनिस्ट दलको अकर्मण्यता, सत्तालिप्सा र भ्रष्टाचार प्रवृत्तिले मुलुकलाई संकटतर्फ धकेलेको आरोप लगाए।

advertisement

‘जेन्जी आन्दोलन’ले नवनिर्माणको ढोका खोलेको अवस्थामा पुनः असफल विचार र संरचना बोकेका कांग्रेस–कम्युनिस्ट प्रवृत्तिका व्यक्तिहरू हावी भए नयाँ पुस्ताको बलिदान निरर्थक हुने चेतावनी उनले दिएका छन्।

थापाले विशेषगरी युवालाई सचेत रहन र आफ्नो त्याग व्यर्थ हुन नदिन आह्वान गरेका छन्।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com