काठमाडौं । जेन–जी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका सिंहदरबार परिसरका मन्त्रालयहरूको बाहिरी भागमा पुनः रंगरोगन सुरु गरिएको छ।

आज बिहानदेखि अर्थ मन्त्रालयको बाहिरी भागमा सेतो रंग लगाउने काम जारी छ। मजदुरहरूले बाँसको उच्च भर्‍याङ प्रयोग गरेर रंगरोगन गरिरहेका छन्। भित्री भागको मर्मत तथा रंगरोगन भने पछि गर्ने योजना सरकारले बनाएको छ।

advertisement

सरकारले जेन–जी आन्दोलनका क्रममा क्षति भएका भवनको मर्मत र पुनर्निर्माणका लागि “हाम्रा संरचना हामी आफैं बनाऔँ” अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com