काठमाडौं । गएराति सम्पन्न खेलमा श्रीलंकासँग पराजित भएपछि अफगानिस्तान एशिया कपको समूह चरणबाट बाहिरिएको छ। यस नतिजासँगै बंगलादेशले सुपर फोरमा स्थान सुरक्षित गरेको छ।

समूह चरणको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो। दुबईको शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। जवाफी लक्ष्य श्रीलंकाले १८ ओभर ४ बलमा मात्र ४ विकेट गुमाउँदै पुरा गर्‍यो।

advertisement

श्रीलंकाका लागि कुशल मेन्डिसले उत्कृष्ट प्रदर्शन गर्दै ५२ बलमा अविजित ७४ रनको योगदान दिए, जसमा १० चौका समावेश थिए। त्यस्तै, कुशल परेराले २८ र कमिन्दु मेन्डिसले २६ रन थपे।

अफगानिस्तानका तर्फबाट मुजिब उर रहमान, अमत उल्लाह ओमार्जी, मोहम्मद नावी र नोर अहमले समान रूपमा १–१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानका लागि मोहम्मद नावीले आक्रामक खेल प्रस्तुत गर्दै मात्र २२ बलमा ६ छक्का र ३ चौकासहित ६० रन जोडे। इब्राहिम जर्दान र रासिद खानले समान २४–२४ रन बनाए भने सिद्धिकउल्ला अतलले १८ रनको योगदान दिए।

श्रीलंकाका बलर नुवान थुर्साराले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १८ रन खर्चिएर ४ विकेट लिए। दुश्मान्था चमेरा, दुनिथ वेलालेगे र दुशान शनकाले १–१ विकेट लिए।

यो नतिजासँगै समूह ‘बी’बाट श्रीलंका शीर्ष स्थानमा रहँदै र बंगलादेश दोस्रो हुँदै सुपर फोरमा पुगेका छन्। समूह ‘ए’बाट भारत र पाकिस्तान पहिल्यै सुपर फोरमा प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com