काठमाडौं । अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई दिँदै लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा नेपालले संविधानको पालना गर्ने पारदर्शी सरकारप्रतिको आकांक्षा रहेको उल्लेख गर्दै आगामी निर्वाचनका तयारीमा लोकतान्त्रिक समाधान अनिवार्य हुने प्रष्ट पारेको छ।
वक्तव्यमा हालैका विरोध प्रदर्शनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र घाइतेहरूलाई समवेदना प्रकट गरिएको छ। साथै, नेपालका जनताले आर्थिक वृद्धिको प्रवर्द्धन, क्षेत्रीय सुरक्षाको सुदृढीकरण र सबैका लागि समृद्ध भविष्यमा ध्यान दिन सक्ने विश्वास व्यक्त गरिएको छ।
अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टमार्फत नेपालमा ऊर्जा र यातायात पूर्वाधार विस्तार, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक वृद्धि टेवा पुग्ने अपेक्षा गरेको छ। यसले अमेरिका–नेपाल साझेदारीलाई थप मजबुत बनाउने र अमेरिकी निजी क्षेत्रका लागि नयाँ अवसर खोल्ने पनि वक्तव्यमा उल्लेख छ।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया