काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा संविधान जोगाउन र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

शुक्रबार जारी वक्तव्यमा उनले संविधानलाई नेपाली जनताले आफ्नै भविष्यको लागि लेखेको ऐतिहासिक दस्तावेजको रूपमा वर्णन गर्दै यसको संरक्षण सबैको साझा जिम्मेवारी रहेको बताएका छन्। नाकाबन्दी र सार्वभौमसत्तामाथि आएका चुनौती पार गर्दै संविधान जारी गरिएको थियो। त्यसैले यो संविधान हाम्रो सामूहिक भविष्यको रेखा हो, ओलीले भने।

गत भदौ २३ र २४ गते ‘जेन–जेड’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उनले सुरक्षाकर्मीलाई ताकीताकी गोली चलाउन तत्कालीन सरकारले आदेश नदिएको प्रस्ट पारे। उनले भने, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली चलाइएको छ भन्ने कुरा गम्भीर छ। यसको गहिरो छानबिन हुनुपर्छ।

उनले घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे। साथै संविधानको मर्मलाई जीवन्त राख्दै राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र सार्वभौम हितलाई सर्वोपरि राख्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com