एजेन्सी ।  जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यो वृद्धिदर लगातार तेस्रो महिना घट्दो क्रममा रहेको देखिन्छ । यसअघि अगस्त महिनामा मूल्यवृद्धि ३.१ प्रतिशत थियो । उर्जा लागतमा आएको कमीका कारण मूल्य वृद्धिको गति केही सुस्तिएको हो ।

advertisement

यो वृद्धिदर जापानको केन्द्रीय बैङ्कले तोकेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि भए पनि पछिल्ला नौ महिनामध्ये सबैभन्दा कम हो ।
ताजा खाद्यान्न र इन्धन दुबैलाई हटाएर गरिएको गणनामा मूल्य ३ दशमलव ३ प्रतिशतले बढेको देखिएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा केही कम हो ।

ताजा वस्तुहरूबाहेक खाद्यान्नको मूल्य ८.० प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ८.३ प्रतिशतभन्दा थोरै कम हो । उता, इन्धनको मूल्य भने ३.३ प्रतिशतले घटेको छ, जुन अगस्त महिनामा देखिएको ०.३ प्रतिशतको गिरावटभन्दा बढी हो ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com