काठमाडाैं । उदयपुर प्रहरीले शुक्रबार ट्याक्टर चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो १ः०० बजे घरैबाट हराएको त्रियुगा नगरपालिका१३ बहेडवाका देवनारायण चौधरीको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टाभित्रै पक्राउ गरेको हो।

चौधरीको घरै अगाडि पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ खोजतलास थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले शुक्रबार विहान ३ः०० बजे त्रियुगा १३ कै फुलजोरबाट ट्याक्टरसहित चोरीमा संलग्नहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ का २४ वर्षीय सुदिप चौधरी तथा चौदण्डीगढी ५ का २५ वर्षीय रोहितकुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी रहेका छन्। चोरीमा संलग्नहरूले प्रयोग गरेको बा६३ प ५४७५ नं.को स्कुटरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com