काठमाडौं ।  जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन् । आज आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उहाँ विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भए ।

बागेश्वरी असल शासन क्लब (बास नेपाल)को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय हुनुभएको छभने दिपक परियार तृतीय भए । उनिहरू क्रमशः रु ३० हजार र रु २० हजारसहित पुरस्कृत भए ।

advertisement

यसैगरी, रु २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरे । प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गरे ।

प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता, समावेशिता र प्राकृति संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहेका बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिए ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com