काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि विभिन्न कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

आजको मूल्यसूचीअनुसार, गोलभेँडा ठूलो ९भारतीय० को न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। त्यसैगरी, लोकल गोलभेँडा ९सानो० को मूल्य ३२ रुपैयाँ र टनेलमा फलेको सानो गोलभेँडाको मूल्य ४८ रुपैयाँ तोकिएको छ। आलु रातोको प्रतिकिलो ५० रुपैयाँ र भारतीय प्याजको मूल्य ३४ रुपैयाँ छ।

advertisement

अन्य तरकारीहरूमध्ये गाजर ९लोकल० ११० रुपैयाँ, बन्दा ९लोकल० ४० रुपैयाँ, र काउली ९स्थानीय० ५० रुपैयाँ निर्धारण गरिएको छ। घिउ सिमी ९लोकलरहाइब्रिड० दुवैको मूल्य १०० रुपैयाँ र तिते करेलाको मूल्य ५० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ, स्याउ ९झोले० को मूल्य प्रतिकिलो २०० रुपैयाँ र फुजी स्याउको २५० रुपैयाँ रहेको छ। एक दर्जन केराको मूल्य २५० रुपैयाँ छ भने अनारको मूल्य प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ। नेपाली मेवा ५० रुपैयाँ र भारतीय मेवा ९० रुपैयाँ प्रतिकिलोमा पाइनेछ।

 

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com