काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य १२ दिनपछि शनिबार बालकोटस्थित जलेको घर अवलोकन गर्न पुगेकी छन्। जेन–जी आन्दोलनका क्रममा घर पूर्ण रूपमा जलेर खण्डहर बनेको छ।
प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेतका अनुसार, घरको अवस्था नजिकबाट हेर्दा शाक्य निकै भावुक बनेकी थिइन्। “बालकोट पुगेपछि उहाँ भक्कानिनुभयो। उहाँको गुनासो थियो– घर मात्रै होइन, एउटा इतिहासको धरोहर नै जलाइयो,’ बस्नेतले बताए।
गत भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलन हिंसात्मक मोड लिँदै दोस्रो दिन २४ गते देशभर नेताहरूका घर, सरकारी संरचना र निजी व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो। ती घटनामा विभिन्न समूहको घुसपैठ भएको आशंका पनि छ।
त्यसै क्रममा तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीको बालकोटस्थित आवासमा पनि आगजनी भएको थियो। उक्त घर आफूले निर्माण गरेको भन्दै शाक्य पहिलेदेखि नै दाबी गर्दै आएकी छन्। बालकोटको घर जलेपछि ओली दम्पत्ती अहिले भक्तपुरको गुण्डुस्थित डेरामा बस्दै आएका छन्।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया