एजेन्सी

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्काे हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् ।

advertisement

यस भेटमा उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकालाई दबाब दिने प्रयास गर्नेछन् । रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेकै समयमा जेलेन्स्कीले शनिवार आफ्नो योजना घोषणा गरेका हुन् ।

अल जजीराको रिपोर्ट अनुसार, जेलेन्स्कीले शनिवार आफ्नो भ्रमणको विवरण साझा गरेका थिए । ‘हामी अब अमेरिकाबाट अझ कडा प्रतिबन्धको अपेक्षा गरिरहेका छौं । युरोपले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ जेलेन्स्कीले ट्विटरमा लेखेका छन् ।

जेलेन्स्कीले युद्धविराम पछि भविष्यमा रुसी आक्रमणबाट आफ्नो देशलाई जोगाउन दीर्घकालीन सुरक्षा ग्यारेन्टीको मुद्दा पनि ट्रम्पसँग उठाउन सक्ने बताइएको छ । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पश्चिमी सेनाको तैनाथी सहन नसक्ने चेतावनी दिइसकेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com