काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक नोबेल पुरस्कारको चर्चा गर्दै आफूले विश्वका विभिन्न द्वन्द्व रोक्न भूमिका खेलेको दाबी गरेका छन्।

ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वलाई उदाहरणको रूपमा उल्लेख गर्दै भने, ‘हामीले शुल्क र व्यापार नीतिका कारण सातवटा युद्ध रोक्न सफल भएका छौँ। भारत–पाकिस्तान, थाइल्याण्ड–कम्बोडिया, आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया र रुवान्डा–कंगोका संघर्षहरू रोकेको छु। यीमध्ये ६० प्रतिशत देशमा युद्ध रोक्ने काम व्यापारका कारण सम्भव भएको हो।’

advertisement

ट्रम्पले नोबेल पुरस्कारबारे भने, ‘यदि मैले रुस–युक्रेन युद्ध रोकेको भए, मलाई नोबेल पुरस्कार दिनुपर्ने थियो। तर मैले रोकिएका अन्य सात युद्धको अवस्था के हुन्छ? हरेकका लागि मलाई पुरस्कार दिनुपर्छ।’

यद्यपि, ट्रम्पले भारत–पाकिस्तान द्वन्द्व रोकिएको बारम्बार दाबी गर्दै आएका छन्, तर भारत सरकारले हरेक पटक उनको दाबी अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com