काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस हप्ता युक्रेनमा रुसले १ हजार ५०० भन्दा बढी ड्रोन आक्रमण गरेको जानकारी दिएका छन्। उनले रुसले युद्धमा प्रयोग गरेको हतियारहरूमा युरोप, अमेरिका, चीन, जापान र अन्य देशहरूमा बनेका पार्टपुर्जाहरू समावेश रहेको आरोप पनि लगाएका छन्।

जेलेन्स्कीले आइतबार ट्विटरमा लेखेका छन्, ‘यस हप्ता मात्र १ हजार ५०० भन्दा बढी ड्रोन आक्रमण, १ हजार २८० भन्दा बढी हवाई बम प्रहार र विभिन्न प्रकारका ५० वटा मिसाइलहरू प्रयोग गरिएको छ। युरोप, अमेरिका, चीन, जापान र दर्जनौँ अन्य देशहरूबाट बनेका यी हतियारमा १ लाख ३२ हजारभन्दा बढी विदेशी पार्टपुर्जाहरू भेटिएका छन्।’

उनले यस्ता प्रविधिहरू र संसाधनहरूले रुसलाई ठूलो मात्रामा हतियार उत्पादन गर्न मद्दत गरिरहेको बताए। जेलेन्स्कीले चेतावनी दिँदै भने, ‘रुसलाई रोकिएन भने यो युरोप र इन्डो–प्यासिफिक क्षेत्रका लागि ठुलो सुरक्षा चुनौती बन्ने निश्चित छ।’

त्यसैगरी, उनले रुसमाथि कडा प्रतिबन्ध लगाएर युद्धविरामको दबाब दिनुपर्ने आवश्यकता पुनः जोड दिएका छन्। अगस्त महिनाको सुरुवातमा जेलेन्स्कीले चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र केही अफ्रिकी देशका भाडाका सैनिक युक्रेनविरुद्ध लडिरहेको दाबी गरेका थिए। यद्यपि पाकिस्तानले यस दाबीलाई अस्वीकार गरेको थियो।

अक्टोबर २०२४ मा केही समाचारहरूमा उत्तर कोरियाली सेनालाई पनि रुसी सेनासँग युक्रेनमा तैनाथ गरिएको दाबी गरिएको थियो।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com