काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरू आइतबार सिंहदरबार पुगेका छन्। गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउन गएका उनीहरू भित्र पस्न नपाएपछि दक्षिण गेटमै धर्नामा बसे।

सिंहदरबार गेटमा भेला भएका घाइतेहरूले आफूहरूको आन्दोलनमा नेतृत्व खोज्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै, ‘जेन–जी आन्दोलन कुनै व्यक्तिले होइन, सबैले मिलेर गरेका हौँ’ भन्ने चेतावनी दिए। उनीहरूले विशेषगरी हामी नेपालका संयोजक सुदन गुरुङलाई नेता भनेर प्रस्तुत नगर्न आग्रह गरेका थिए।

advertisement

पछि प्रहरीको गाडीमार्फत उनीहरूलाई गृहमन्त्रालयभित्र लगिएको थियो।

घाइतेहरूले गृहमन्त्रीलाई भेट्ने क्रममा तत्काल आफ्ना माग सम्बोधन गर्नुपर्ने जोड दिँदै, ‘हामीलाई कोही नेता चाहिँदैन, हाम्रो घाउ आफैं प्रमाण हो’ भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ताकीताकी गोली हानेको होइन’ भन्ने भनाइप्रति प्रश्न उठाए।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com