काठमाडौं । प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आन्दोलन हाइज्याक भएको आरोपका बीच, सिंहदरबार पुगेका घाइतेहरूले आक्रोश व्यक्त गर्दै हामी नेपालका संयोजक सुदन गुरुङमाथि पनि आक्रमण गर्न खोजे। उनीहरूले शहीद र घाइतेहरूको सम्मान बिगार्ने गतिविधि सह्य नहुने चेतावनी दिएका थिए र सुदनलाई जेन–जी आन्दोलनको नेता मान्न नसकिने बताए।
सुदन गुरुङको नाम लिएर असामान्य हंगामा सुरु भएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया