काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुख्खा पहिरोको उच्च जोखिम रहेको भन्दै आइतबार राति सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला सुरक्षा समितिले यस अझै सुख्खा पहिरोको उच्च जोखिम कायमै रहेकाले मानवीय सुरक्षालाई ध्यानमा राख्दै आज राति ९ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

advertisement

शुक्रबार साँझ ६ः३० बजे गएको पहिरो ४५ घण्टापछि आइतबार साँझ ४ बजेदेखि एकतर्फी सवारी सञ्चालन भइरहेको थियो।

त्यस स्थानमा अझैपनि निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले रातीमा सवारी चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

उनले सम्पूर्ण सरोकारवाला तथा यात्रुहरुलाई यसबारे जानकारी लिन र यात्रा योजना मिलाउँदा विशेष सतर्कता अपनाउन समेत आग्रह गरेका छन्।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com