काठमाडौं । भाटभटेनी समूहका सञ्चालक मीनबहादुर गुरुङले आवश्यक परे आफ्नो सम्पत्तिको आधा हिस्सा राष्ट्रलाई दिन तयार रहेको बताएका छन्।

भदौ २४ गतेको आन्दोलनका क्रममा समूहको मुख्यालयसहित २८ मध्ये १२ वटा स्टोर जलेर पूर्ण क्षति भएको र नौ वटा तोडफोडमा परेको अवस्थामा आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

advertisement

“राज्यलाई जरुरी परेको बेलामा सम्पत्तिको आधा दिन म सधैं तयार छु भन्ने कुरा पहिले पनि भनेको थिएँ, अहिले पनि दिन तयार छु,’ भेटमा गुरुङले भनेका छन्।

हालसम्म तोडफोड भएका सुपरस्टोरहरू पुनः सञ्चालनमा आएका छन् भने १६ वटा शाखा सञ्चालनमा रहेका छन्। समूहले बीमा दाबी प्रक्रियामा सहजीकरण गर्न आग्रह गर्दै सुरुमै कम्तीमा ५० प्रतिशत भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ।

१० हजारभन्दा बढीलाई रोजगारी दिँदै आएको भाटभटेनी समूहले क्षति पुगेका शाखा बन्द भए पनि कुनै पनि कर्मचारीलाई ननिकाल्ने र सेवा सुविधा नघटाउने घोषणा गरिसकेको छ। समूहको वार्षिक कारोबार २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com