काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई बधाई मात्रै दिनका लागि फोन नगर्न आग्रह गरेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुन लागेका पुनले बधाई दिँदा खादा माला लिएर नआउन पनि आग्रह गरेका छन् ।

advertisement

उनले बधाई र खादामालाको साटो ५ महिनामा आफ्नो क्षेत्राधिकारभित्र पर्ने मन्त्रालयबाट गर्न सकिने काम र आइडियाहरू ह्वाट्सएपबाट पाउन पनि आग्रह गरेका छन् ।

यस्तै पुनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने मन भए कवाडी वैज्ञानिक मन्त्री भन्ने आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो पहिलो घोषणा कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनुहोला । बरु शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला । मलाई कसैले पनि मन्त्री नभन्नु होला कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

 

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com