काठमाडौं । काठमाडौं उपत्यकाको लाइफलाइन मानिने मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै खेसेको पहिरो सफा गरेर सडकलाई दुईतर्फी गर्ने उद्देश्यले दिउँसो एक बजेदेखि तीन बजेसम्म सवारी आवागमन ठप्प गर्न लागिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो खसेको तुइन खोला पुल नजिक एकतर्फी सवारी सञ्चालनमा रहेको छ । अव दुई घण्टा सवारी ठप्प पारेर दुईतर्फी नै गाडी सञ्चालन गर्न थालिएको हो । पहिरो पूर्ण रूपमा हटाए उक्त सडक दुईतर्फि संचालनमा आउने छ ।

advertisement

पछिल्लो सयम राजधानीबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै उक्त सडकमा सवारीको अत्याधिक चाप बढेको छ । उक्त स्थानमा वितग तीन दिनदेखि पहिरो र ढुङ्गा खस्नेक्रम जारी रहेकाले दैनिक सो सडक मार्ग भएर बाहिरिने र काठमाडौं उपत्यका भित्रिने हजारौ यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com