काभ्रे । ३० वर्षीया मनिषा घ्यावा तामाङ (जमूना) को हत्या उनके श्रीमान सन्तबहादुर तामाङले गरेको प्रहरीले पुष्टि गरेको छ।

आइतबार मनिषाको शव घर नजिकैको बारीमा ५ सय मिटर दूरीमा गाडिएको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेका अनुसार सन्तबहादुर भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए।

advertisement

‘कारागारबाट भागेको दिन घर फर्केका सन्तबहादुर र मनिषाबीच असोज २ गते श्रीमतीमाथि लागेको शंकाका कारण विवाद भएको छ,’ डिएसपी घलेले बताए। प्रहरीले जनाएको छ, सो विवादका क्रममा सन्तबहादुरले मनिषाको हत्या गरेका थिए।

हत्या गरेपछि उनले शव नजिकैको बारीमा खाल्डो खनी पुरेर असोज ३ गते आफूलाई नख्खु कारागारमा उपस्थित गराएका थिए। सन्तबहादुर बलात्कार मुद्दामा सजाय भोगिरहेका थिए।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com