काठमाडौं । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बोलु डी’अर जितेका छन्।

उनको महत्त्वपूर्ण योगदानको मद्तले पेरिस सेन्ट जर्मेन पीएसजीले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो।

advertisement

पीएसजीले आफ्नो इतिहासमा च्याम्पियन्स लिग जितेको यो नै पहिलो पटक हो। महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन्।

डेम्बेले भने यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी भएका छन्। पीएसजीले पछिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराएको थियो।

यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो।

बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलिसकेका २८ वर्षीय डेम्बेले सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टिमका सदस्य पनि हुन्।

अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे।

 

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com