काठमाडौं । चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ।  ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ ।

चितवन घर भएकी सुवेदी पछिल्ला एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन्। उनको अन्त्येष्टि मंगलबारै गरिने परिवारले जानकारी दिएको छ।

advertisement

एक खुट्टामा नृत्य प्रस्तुत गरेर विशिष्ट पहिचान बनाएकी सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक हुन्। मिस इन्टरनेसनल २०२३ को उपाधि जितेकी उनी प्रेरक वक्ता, गायिका तथा कत्थक नृत्यको इन्टरमिडिएट–स्तर स्वर्णपदक विजेता समेत थिइन्।

सुवेदीले देशभरका सयभन्दा बढी मञ्चमा नृत्य प्रस्तुत गरिसकेकी थिइन्। यस्तै, अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरूमा समेत उनले नेपालको प्रतिनिधित्व गर्दै कला र संस्कृतिको परिचय दिलाएकी थिइन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com