झापा । झापाको बिर्तामोडमा एक युवकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बिर्तामोड नगरपालिका–७ खालबाडीका ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा उनकै घरमा डेरा गरी बस्दै आएका २८ वर्षीय प्रेमकुमार राईलाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
राईले धारिलो हतियार प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो।
हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया