एजेन्सी । भारतको कानपुर–दिल्ली उडान मुसाका कारण झण्डै तीन घण्टा ढिला भएको छ। क्याबिनमा मुसा देखिएपछि उडान तीन ढिला भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

मुसा खोज्न सबै यात्रुलाई जहाजबाट ओरालिएको थियो। मुसा निकालेपछि मात्र उडान भएको थियो।

advertisement

दिल्ली–कानपुर इन्डिगो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो २:१० बजे चकेरी विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमान २:५० बजे प्रस्थान गर्ने तालिका थियो। उडानअघि चालक दलका एक सदस्यले क्याबिनमा मुसा दौडिरहेको देखे। उक्त उडानमा १७२ यात्रु थिए।

त्यसपछि उनले वरिष्ठ अधिकारीलाई जानकारी गराए र उडान रोकियो। अनि यात्रुलाई सुरक्षाका लागि जहाजबाट ओरालेर लाउन्जमा पठाइयो।

त्यसपछि ग्राउन्ड क्रू र प्राविधिक कर्मचारीले मुसा खोजी अभियान चलाए। करिब तीन घण्टापछि मुसा हटाइयो। अनि विमान स्थानीय समयअनुसार सोही दिन दिउँसो ४:५० बजे दिल्लीतर्फ उडान भरेको थियो।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com