काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन भोलि (बिहीबार) सम्म लाग्ने भएको छ । सडक डिभिजन भरतपुरका अनुसार ठूलो मात्रामा चट्टानसहितको माटो थुप्रिएकाले पन्छाउन समय लाग्ने भएको हो ।
हिजो (मंगलबार) बाटै पहिरो पन्छाउन भने थालिएको छ । तुइन खोलामा १२ हजारदेखि १४ हजार घनमिटर परिमाणमा पहिरो खसेको सडक डिभिजन भरतपुरको अनुमान रहेको छ ।
सडक विभागका प्रवक्ता प्रभात कुमार झाले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् । उक्त पहिरोमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया