काठमाडौं । धादिङ जिल्लाको बेनिघाट गाउँपालिका–१०, जवाङखोलामा खसेको पहिरो हटाइएपछि बिहानदेखि सडक यातायात पुनः सञ्चालनमा आएको छ। बिहान ३ बजे सडक अवरुद्ध गर्ने ठूलो सुक्खा पहिरो पन्छाएसँगै सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मंगलबार बिहान खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि बुधबार साँझ सोही ठाउँमा फेरि पहिरो खस्दा आवागमन ठप्प भएको थियो। यससँगै धुनिबेसी नगरपालिका-१० को ठूलोखोला–धार्के-सीतापाइला सडक खण्ड र बेनिघाट रोराङ-१० को बाँदरेमोडमा समेत ढुंगामाटोसहितको पहिरो खसेपछि दुईतर्फी सवारीसाधन अवरुद्ध भएको थियो।

advertisement

यसबीच तुइन खोलानजिक पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सडकखण्ड पनि रोकिएको छ। काठमाडौं प्रवेश गर्ने मुख्य नाका मानिने काठमाडौं-मुग्लिङ र मुग्लिङ-नारायणगढ दुवै खण्ड बन्द हुँदा यात्रुहरू लामो समयसम्म सडकमै अल्झिनु परेको छ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com