काठमाडाैं । कैलालीमा एक जना सम्पर्कविहीन भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार राति धनगढीको बोराडाँडीका वीरेन्द्र चन्द सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धानका लागि उनीसँगै भएका तीनजनालाई नियन्त्रणमा लिएको हो ।

advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले गोदावरीका विनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार चारै जना राति सँगै थिए तर चन्द उनीहरूसँगै भएका बेला सम्पर्कविहीन भएपछि अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको हो ।

चन्द घर नआएपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो ।

चन्दको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com