काठमाडौं । नेसपा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणालीमा देखिएको कमजोरी सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जेनजीका प्रतिनिधिहरूसँग संवाद गर्दै यो परिवर्तनका लागि सरकारसँग औपचारिक वार्ता र लिखित सहमति गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले भने– ‘यो सरकार तपाईंहरूको पहलमा बनेको हो, त्यसैले वार्ता गरेर निर्वाचनअघि नै आवश्यक सुधारका काम सुरु गर्नुपर्छ । पहिलो चरणमा भने भ्रष्टाचारविरुद्ध छुट्टै आयोग गठन गर्नैपर्छ।’ भट्टराईका अनुसार अहिले घटनाको छानबिनका लागि आयोग बने पनि त्यो पर्याप्त नभई आंशिक मात्र भएको हो ।

advertisement

भ्रष्टाचारलाई राजनीतिक अस्थिरताको मूल कारण ठहर गर्दै उनले थपे– ‘भ्रष्ट नेताहरूले लुटेर संकलन गरेका अर्बौं सम्पत्ति अझै लुकाइएका छन् । यही अवैध स्रोतको आधारमा उनीहरू चुनाव जित्ने गर्छन्, जसले गर्दा स्थिर सरकार बन्न सक्दैन।’

जेनजी आन्दोलनका क्रममा गरिएको संघर्ष, त्याग र बलिदानबाट हासिल भएको उपलब्धि जोगाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

 

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com