काठमाडौं ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिनुपर्ने माग गरेका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि बोलेका श्रेष्ठले यस्तो माग राखेका हुन्।

श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन गर्न असम्भव रहेको बताउँदै प्रतिनिधिसभा निर्वाचनपछि मात्र गर्नुपर्ने प्रस्ताव पनि प्रस्तुत गरे। तर, प्रचण्डले भने केन्द्रीय कमिटी भंग गरेर मंसिरमै विशेष महाधिवेशन गर्ने अडान लिएका छन्।

यसअघि आइतबारको पदाधिकारी बैठकमा पनि श्रेष्ठले प्रचण्डसँग कार्यवाहक नेतृत्व मागेका थिए। श्रेष्ठको प्रस्तावमा उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन्।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com